१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल कठिन समूहमा

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७५, शुक्रबार ०७:१७

काठमाडौं । नेपालमा हुने १५ वर्ष मुनिको साफ फुटबलमा नेपाल कठिन समूहमा परेको छ । बंगलादेशको ढाकामा सार्वजनिक गरिएको ड्रमा नेपाल कठिन मानिएको समूह समूह ’ए’ मा परेको हो । नेपालको समूहमा बंगलादेश, माल्दिभ्स र पाकिस्तान जस्ता बलियो टोली रहेको छ । यस्तै समूह ’बि’ मा भारत, भुटान र श्रीलंका रहेका छन् । समूह विजेता र उपविजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यू–१५ साफ च्याम्पियनसिप आगामी २५ अक्टोबर देखी ३ नोभेम्बरसम्म हुनेछ । यू–१५ साफ च्याम्पियनसिप ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।