१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दिलीप स्मृति तेक्वान्दो उपाधि डोजाङलाई

sarusaru
३१ भाद्र २०७५, आईतवार ०२:४५

काठमाडौँ – दिलीप स्मृति तेक्वान्दो डोजाङले आज पाँचौँ इचङ्गुनारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।

आयोजक इचङ्गुनारायण डोजोको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा दिलीप स्मृतिले चार स्वर्ण, तीन रजत र दुई कास्य जित्यो । दोस्रो भएको काभ्या डोजाङ लैनचौरले तीन स्वर्ण, तीन रजत र एक कास्य तथा तेस्रो भएको विजेश्वरी ज्ञान मन्दिरले तीन स्वर्ण, एक रजत र दुई कास्य हात पारे ।

पुरुषमा काभ्याका उज्ज्वलविक्रम राणा र महिलामा विजेश्वरी ज्ञान मन्दिरकी दक्षिणा भुजेल उत्कृष्ट खेलाडी घोषित हुँदै जनही रु पाँच हजार पुरस्कार पाए ।

विजेतालाई नागर्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यही भदौ २७ गतेदेखि जारी प्रतियोगितामा २५० खेलाडीको सहभागिता थियो ।
रासस