६ बैशाख २०८१, बिहीबार
Follow Us

कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता

sarusaru
१ आश्विन २०७५, सोमबार ०९:२२

काभे्रपलाञ्चोक – आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन)कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगिता–२०७५ आयोजना गरिने भएको छ ।

नेपाल क्योकिशिन–सेइसिन काइकान कराँते सङ्घद्वारा आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आउँदो कात्तिक महिनाको १६ र १७ गते हुने उक्त राष्ट्रिय प्रतियोगिताअन्तर्गत तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगितामा महिला र पुरुष सात÷सात तौल समूहमा विभाजन गरी ३०० र प्रथम इण्डो–नेपाल खुला तौल समूह फूल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन)कराँते प्रतियोगितामा खुला तौल समूहका नेपाल र भारतका १०० गरी ४०० खेलाडी सहभागी रहने जानकारी दिइयो ।

सङ्घका नेपाल शाखाप्रमुख अशोककुमार श्रेष्ठले नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३०, ४०, ४५, ५०, ५५ र ५५ केजीभन्दा माथि तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो ।
रासस