११ बैशाख २०८१, मंगलवार
Follow Us

किन विवादमा छ जनसम्पर्क समिति युरोप ?

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७५, शुक्रबार १३:४९

इन्द्र क्षेत्री ।

हामी सबैलाइ अवगत भएकै कुरा छ सन् २००७ मा नेपाली काँग्रेसका विदेश विभाग प्रमूखको समुपस्थितिमा सम्पन्न युरोपभरीका देशमा रहेका राष्टिय जनसम्पर्क समितिहरू र बिभिन्न देशमा बस्नुभएका महत्वपूर्ण साथीहरूको भेलाले युरोप स्तरीय एक जनसम्पर्क समन्यव समिति गठन गरि त्यसको अौचित्य, आवस्यकता,काम,कर्तब्य,अधिकार र कार्यविधीका बारे बर्लीन घोषणा पत्र जारी गरेको थियो । जसको मूल मर्म बुँदागत रूपमा यस प्रकार रहेका थिए ।

१. यो समन्वय समितिको मूख्य कर्तब्य युरोपका देशहरूमा सँगठन विस्तार गर्ने हुने छ । त्यसको लागि स्थापना हुन नसकेका देशमा जनसम्पर्क समितिहरू गठन गर्ने र अधिवेशन हुन नसकेका देशहरूमा अधिवेशन सम्पन्न गर्ने हुनेछ ।
२. यो संगठन देशीय संगठनहरूको समन्वयकारी संरचना हुनेछ ।
३. कुनै पनि राष्ट्रिय समितिमा हस्तक्षप नहोस भन्नका लागि कुनै पनि देशका वर्तमान सभापतिहरू यस समितिको कार्यकारी पदमा बस्ने छैनन।
४. यो संगठनलार्इ मूलतः राष्ट्रिय समितिहरूबाट रिटायर भएका र राष्ट्रिय समितिमा काम गर्न नचाहने साथीहरूको एक् विशेष मञ्चको रूपमा विकसीत गरिने छ ।
५. दुर्इ वर्षमा यसको अधिवेशन सम्पन्न गरिने छ ।

उपरोक्त घोषणापत्रलार्इ कार्यान्वयन गर्न इन्द्र क्षेत्रीको संयोजकत्वमा ध्रुवराज पैडेल र शालिकराम गौतम सदस्य रहेको विधान समितिले १ वर्षमै विधान निर्माण गरी समितिमा बुझाइसकेको थियो ।

सन् २००९ सालमा नेपाली काँग्रेसका तत्कालिन वरिष्ठ नेता श्री शेरबहादुर देउवाको उपस्थितिमा ६ महिनामा सम्पन्न गर्ने गरि अधिवेशन घोषणा गर्ने र तत्सम्वन्धी बिभिन्न संरचनाहरू निर्माण गर्ने उद्देस्यका साथ पोर्चुगलमा बोलाइएको युरोपीयन भेलालाइ रातारात अधिवेशनको नाम दिइ स्वघोषित रूपमा अध्यक्ष र महामन्त्री तोक्ने नाटक मञ्चन गरिएपछि यो संरचना निषेध र प्रतिशोधको बाटोमा लागेको कुरा सर्वविदितै छ ।
त्यस पर्यन्त समयको यस विन्दूसम्म यो समिति युरोपभरीका काँग्रेसहरूको दुक्ख र चिन्ताको कारण बनी रहेकै छ ।

यस अन्तरालमा वैधानिकरूपमा सँगठीत राष्ट्रिय समितिहरूमा सँगठीत साथीहरूमाथि युरोपीयन समितिको नाममा केन्द्रबाट दर्जनौँ पटक अवैधानिक र अनुचित हस्तक्षपहरू भएका छन् । दर्जनौँ पत्र काट्ने,भिन्न भिन्न नेताहरू उपस्थित हुने र यो सँगठन निर्माण गर्न,स्थापना गर्न,विकसित गर्न र समग्रमा प्रदेशी भूमीमा काँग्रेसको हीतमा योगदान गरेका र त्यसको समर्थन गर्ने साथीहरूलाइ गुटगत स्वार्थमा बारम्बार अपमानित गर्ने काम भएका छन् । तर यसलाइ वैधानिकता दिनेबारे एकपटक पनि केन्द्रमा छलफल चलाइएको छैन । बरू भर्खरै ९भाद्र ७,२०७५० नेपाली काँग्रेस केन्द्रीय कार्यालयले विधानमा व्ववस्था भएका राष्ट्रीय जनसम्पर्क समितिहरू बाहेकका कुनै पनि अन्तरराष्ट्रिय संरचनाहरूलाइ मान्यता नदिने भनी प्रेस बिज्ञप्ति नै जारी भएको अवस्था छ ।

लज्जाको विषय छ(२००७ देखि २०१८ सम्म यो समितिको नाममा एउटै ब्यक्तिको नाममा अनावस्यक निर्देशन जारी गर्न नेपाली काँग्रेसका केहि नेताहरूलाइ कत्ति पनि हिचकिचाहट छैन । फेरि आएर २०१८ मा उपसभापति श्री बिमलेन्द्र नीधिको उपस्थितिमा पोर्चुगलमै गरिएको अर्को रिहर्सलले युरोपभरिका जनसम्पर्क समितिहरूलाइ चिन्तित तुल्याएको छ । युरोपका अधिकाँश जनसम्पर्क समितिहरूले संयुक्त बक्तब्य निकालेर यसको बिरोध गरिसकेका छन् ।
यस संगठनलार्इ केन्द्रले मान्यता दिन्छ वा दिँदैन भन्ने कूरा मूल विषय होइन् तर यो सँगठनको नाममा १२ वर्ष सम्म एउटै नेतृत्वको श्वार्थ(लाभमा नेपाली काँग्रेस केन्द्र किन प्रयोग भैरहेको छ भन्ने गम्भीर प्रश्न हो ।

अधिवेशन गर्ने नाममा युरोपका भिन्न भिन्न देशमा गरि दर्जन बढी भेला सम्पन्न गरिए यी १२ वर्षमा । गत वर्ष जर्मनीमा सम्पन्न भेलाले ६ महिना भित्र अधिवेशन गर्ने गरि संरचनाहरू तैयार गरेको होइन रु किन भएन अधिवेशन रु अनि जब नेता आउन परो । पत्र लेखायो । भेला गर भन्यो । हामी बन्दुवा मज्दूर हो रु यहाँ पाँचौँ महाधिवेशन सम्म सम्पन्न गरेका राष्ट्रिय समितिहरू छन् । काँग्रेसको विधानमा ती लिपीवद्ध पनि छन् । तिनलाइ दुइ शब्द सोध्नु पर्दैन ?

धेरै जसो जससबाट नेपाली काँग्रेसको महाधिवेशन र महासमितिमा प्रतिनीधित्व पनि छ । नेकाको महासमिति बस्दै छ । त्यसको लागि ती वैधानिक समितिहरू महत्वपूर्ण हुन कि विधानले नचिनेको एउटा अमूक संगठन ? पार्टीका वरिष्ठ नेताको उपस्थितिमा गर्ने भनेर केन्द्रिय कार्यालयले सर्कुलर गरेको कार्यक्रम तालिकाको बर्खिलाप हुने गरि जस्केलाबाट अन्यथा गरेर बिवाद सिर्जना गर्ने तत्व कुन हो ? किन बारम्बार केन्द्रिय लेटर प्याडको दुरूपयोग भैरहेको छ ? लागू हुन नसक्ने केन्द्रका पत्रहरू कसको स्वार्थमा ट्याक्क ट्याक्क झरिरहन्छन् ?

काँग्रेसको नाममा कसैले दशकौँ मनोमानी गरिरहने र कसैले खप्की खाइरहने प्रथा कायम गरिएकोले यसको औचित्य र अवस्यकता असान्दर्भिक भएको कुरा केन्द्रको बिज्ञप्तिले नै प्रष्ट पारेको छ । काँग्रेसका लागि युरोप भरिका सबै कार्यकर्ताहरू समान हुन र युरोप संरचना जरूरी हो भने,

१. २००९ मा पोर्चुगलको नाटकबाट बनेको संरचना खारेज होस ।
२.केन्द्रबाट युरोपका सबै जनसम्पर्क समितिहरूको सल्लाह र सुझावमा अधिवेशन तैयारी समितिको संयोजक मनोनित होस र त्यसको संयोजकत्वमा सबै समितिका वर्तमान सभापतिहरू,भूतपुर्व सभापतिहरू र वर्लिन भेला आयोजक समितिका सबै पदाधिकारीहरू,तथा यस १२ वर्षमा युरोपमा काँग्रेसको लागि अत्यन्त महत्वपूर्ण भूमिका खेलेका बढीमा १० जनालाइ राखि एउटा निस्पक्ष र सक्षम अधिवेशन तैयारी समिति गठन गरियोस ।
३.त्यस समितिले ६ महिनामा अनिवार्य रूपमा अधिवेशन सम्पन्न गरोस ।

अन्यथा
१.जहाँ धुवाँ पुत्तायो त्यहिँ भात पाक्यो जस्तो गरि युरोपीयन काँग्रेसको नाममा जुन देशले कार्यक्रम गरे पनि रित्तो थाल थाप्न त्यहिँ पुग्ने चलन बन्द गरियोस ।
२.यस समितिको नाममा युरोप भ्रमणमा निस्कने केन्द्रिय नेताहरू र पद्दति विपरित पत्र काट्ने केन्द्रिय कार्यालायका मूख्य सचिव लगायतका कर्मचारिहरूलाइ तुरून्त कार्वाही गरियोस ।