११ बैशाख २०८१, मंगलवार
Follow Us

चर्चित गायक प्रमोद खरेलको लगेज तोडफोड

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७३, शनिबार २२:४८

काठमाण्डौं । चर्चित गायक प्रमोद खरेलको लगेज काठमाण्डौंस्थित त्रिभुवन विमानस्थलमा तोडफोड गरिएको छ । उनले आफ्नो फेसबुक टाइमलाइन मार्फत आफु पटकपटक मर्कामा परेको गुनासो गरेका छन् । शनिवारले आफ्नो फुटेको लगेजको फोटो राख्दै भनेका छन,
14322532_10208936988800835_8667247901415941040_n
यो मेरो सुटकेश हो । गत हप्ता अमेरिका बाट फर्कदा त्रिभुवन विमानस्थलबाट रिसीभ गर्दा नम्वर सिस्टम को लक तोडिएको पाइयो। त्यसको ठिक १० दिन पछि कोरिया बाट फर्कने क्रममा हिजो लगाएको ताला नै निकालिएको थियो । सामान्य कपडा मात्र राखिएको सुटकेश बाट दुवै चोटि कुनै पनि सामान भने झिकीएको छैन शायद मूल्यवान सामान नभएर होला ।

दुवै चोटि बाहिर निस्केपछि मात्र ताला फेरिएको देखेकोले उजुरी गर्न पनि अप्ठेरो भयो। तर ताला कहॉ , किन , कसरी र कसले फोरेको होला ? थकित अवस्थामा फर्किएको म जस्ता यात्रु, अझ भनौ विमानस्थल वारे कमै थाहा हुने यात्रु, वर्षों विदेशमा काम गरेर फर्कने नेपाली वा नेपाल आउने पर्यटक ले भोग्नु पर्ने यस्ता घिन लाग्दा हर्कतको अन्तय कसरी होला ? विमानस्थलको सुरक्षामा गम्भीर प्रश्न र प्रश्न उठाउनु हाम्रो अधिकार हो, किनकी विमानस्थल हामी सवैको हो र हाम्रो गौरव पनि ।