७ बैशाख २०८१, शुक्रबार
Follow Us

हातेमालो साहित्य संगम बाग्लुङ शाखाको दोस्रो अधिवेशन सम्पन्न ;;अध्यक्ष्यमा सरु

sarusaru
७ कार्तिक २०७५, बुधबार १२:११

हातेमालो साहित्य संगम बाग्लुङ शाखाको दोस्रो अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम २०७५ साल असोज २७ गते सम्पन्न भएको छ । अधिवेशनले सरु पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता पौडेल र टुकनाथ सुवेदी, सचिवमा प्रेम मगर, सहसचिवमा दिनेश विकल्प र कोषाध्यक्षमा लक्ष्मी पुन रहनुभएको छ ।
समितिको सदस्यमा डोलिन खत्री, तनमती रोका, बम कार्की, अभिनाश आचार्य, विनोद पौडेल, विष्णु वैरागी, सरिता गौतम, कमला आचार्य, खिम पून ,लक्ष्मी परियार रहनुभएको छ । एक सदस्य पछि मनोनित हुने गरी पद रिक्त राखिएको छ।
अधिवेशनको धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशन र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा साहित्यकार तथा अन्वेषक प्रेम छोटा, म्याग्दी साहित्य संचार म्याग्दीका घायल श्री ,सरु पौडेल, राजिव सङघर्षी, दिनेश विकल्प, राजन प्रभात, तनमति रोका, गोविन्द सुवेदी, डोलिन चिन्तन लगायतले मन्तव्य तथा रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रम हातेमालो साहित्य सङ्गमका अध्यक्ष याम रोका चिन्तनको अध्यक्षता, उपाध्यक्ष सरु पौडेलको स्वागत र सचिव मगर प्रेमको सञ्चालनमा सम्पन्न भएको थियो ।