७ बैशाख २०८१, शुक्रबार
Follow Us

वृद्धामाथि कुटपिट

sarusaru
८ कार्तिक २०७५, बिहीबार ०३:०४

गाईघाट । उदयपुरगढी गाउँपालिका–५ मौवाबोटमा एक वृद्धालाई जग्गा विवादका विषयमा स्थानीय छिमेकीले बुधबार मरणासन्न हुने गरी कुटपिट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ७५ वर्षीया उनको जग्गामा अन्य छिमेकीले सीमा मिच्ने र गाईवस्तु फुकाएर लगाइदिने गरेपछि विवाद हुँदा देवहादुर राई, भक्ति राई र गर्भ राईले कुटपिट तथा गालीगलोज गरेर दिसापिसाबसमेत शरीरमा लगाइदिएको प्रहरीले जनाएको छ।

पीडित वृद्धाको शरीरभरि घाउ र नीलडाम रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्रदेव राईले बताए। वृद्धाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
रासस