१२ बैशाख २०८१, बुधबार
Follow Us

माछा मार्न लाग्दा लडेर मृत्यु

sarusaru
९ कार्तिक २०७५, शुक्रबार ०४:४१

बाजुरा – माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ ।

बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर हिँड्नु भएका उहाँ रातिसम्म नफर्केपछि आफन्तले खोज्दै जाँदा एक ढुङ्गाबाट चिप्लिएर अर्को ढुङ्गामा पछारिएर मृत्यु भएको पाइएको आफन्तले बताएका हुन् ।
उहाँले बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीमा विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आउनुभएको थियो ।
रासस