१५ चैत्र २०८०, बिहीबार
Follow Us

अशोक शर्माको अर्को फिल्म ‘रातो टिका निधारमा’ मा पनि जय भोले टिम नै रहने (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७५, शनिबार १९:१६

इटहरी/ यसपालिको दशैको फूलपातीको दिनबाट प्रदर्शनरत चलचित्र ‘जय भोले’ टिमका केहि कलाकारका साथमा निर्देशक तथा निर्माता अशोक शर्मा यतिबेला पुर्बका हल अबलोकन तथा पत्रकार भेटघाट कायक्रममा ब्यस्त छन् । शनिबार बिराटनगर तथा इटहरीका मल्टिप्लेक्स हलहरु अबलोकन संगै पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा अशोक शर्माले घोषणा गरेको अर्को फिल्म ‘रातो टिका निधारमा’ मा पनि यहि जय भोले टीम नै रहने संकेत गरेका छन् । हेर्नुस विस्तृतमा यो भिडियो ।


लामो समयको अन्तराल पछि आफुले ल्याएको चलचित्र राम्रो भएको र दर्शकहरुले रुचाए संगै राम्रो ब्यापार गर्न सफल भएको दाबि गरेका छन् । चलचित्र ‘जय भोले’का कलाकार खगेन्द्र लामिछाने, बुद्धि तामाङ्ग, लक्ष्मी गिरि साथै निर्माता निर्देशक अशोक शर्मा लगायतको उपस्थिति थियो । रातो टिका निधारमा को स्क्रिप्टको कार्य तिहार पछि थालनी हुने शर्माले बताएका छन् ।