१५ चैत्र २०८०, बिहीबार
Follow Us

चेतकुमारीले चुमिन मिस बिश्वकर्मा २०१६ को उपाधि

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार ०५:३८

काठमाडौं । पहिलो पल्ट राजधानीमा मिस बिश्वकर्मा २०१६ सम्पन्न भएको छ । जसको उपाधी चेतकुमारी बिश्वकर्माले चुम्न सफल भएकी छन् । सो प्रतियोगीतामा फस्ट रनेर अपको उपाधी भावाना लामगादे र सेकेन्ड रनर अपको उपाधी सुजान साह शंकरले हात पार्न सफल भएकि छिन । क्रियटिभ इनसाइट मिडिया प्रालिको आयोजनामा परिबर्तनको लागि हाम्रो आवाज भन्ने मूल मन्त्र सहित मिस बिस्वकर्मा २०१६ राजधानी स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । वन तथा भू संरक्षण मन्त्रि शंकर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका निर्णायकहरुमा गायक सिताराम पोखरेल, नायक रमेश उप्रेती सञ्चारकर्मी तथा मोडल सरोज केसी, सञ्चारकर्मी गीता अधिकारी र डा. आयुषमान घिमिरे रहेका थिए भने प्रमुख निर्णयकमा माननीय मिन विश्वकर्मा थिए ।
उधोगपति अनिल गजमेर, रश्मिला श्रेष्ठ, प्रकाश श्रेष्ठ, नायिका रुपा राना, नायिका सिर्जना बस्नेत, निर्माता राम थापा, दमन रुपाखेती, कबिता शर्मा, सुजित थापा, शिब शर्मा, धिरज राइ, सरस्वति शाह, मनोज थापा, सागर श्रेष्ठ, उद्दब तामाङ, सिता कुवर, हेमलता राना, सिम्रन पौडेल, रेनु शर्मा, रबिना शाह ठकुरी, अन्जना मगर, बासुदेब खनाल, सन्दिप महत, महादेव त्रिपाठी, ध्रुब बिस्को, भरत समारीलगायत , नेपाल शसस्त्र पहरी वलका पूर्व डिएसपी गोपालप्रसाद विश्वकर्मा, औद्योगिक शान्ति नेपालका प्रमुख सन्दिप महत लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
परिबर्तनको लागि हाम्रो आवाज भन्ने मूल नारा सहित युवा पिढिबाट नै सकारात्मक समाज परिवर्तन गर्न सम्भब छ भन्ने कार्यक्रमको मुख्य सोच रहेको कार्यक्रमका संयोजक राज बराइलीले बताए । उनले तथाकथित पुरातन सोच विरुद्ध जातियता पहिचानको लागि मिस बिश्वकर्माको आयोजना गरेका भने । जातियता विबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार र आफूसँग भएको सीप कला र क्षमतालाई प्रस्फुटन गरि उजागर गर्न पहिलो पटक यो प्रतियोगीता आयोजना गरेको भन्दै यसमा विश्कर्मा भित्रका करिब १०६ थरहरलाई लक्षित गरिएको बताए । वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारीले यस्ता प्रतियोगीताले युवाहरुमा आत्म विश्वासको वृद्धि हुने बताए । आयोजक संस्था क्रियटिभ इनसाइट मिडिया प्रालिका अध्यक्ष सुर्य चन्दले यो कार्यक्रम मिस बिश्कर्मा र सम्पूर्ण विश्कर्मा समाजको गरिमाका साथै पर्यटन र हाम्रो संस्कृतिलाई अझ उच्च बनाउन लक्षित रहेको बताए ।
प्रतियोगीतामा मिस वेष्ट वाक मोनिका विश्कर्मा, मिस वेष्ट ड्रेस रिता घतान, मिस पपलुर सर्मिला सुनार, मिस भ्युअर च्वाइस उमा विश्वकर्मा, मिस टयालेन्ट स्वीकृति विश्वकर्मा, मिस फ्रेन्डसीप दीपकरिण लामगादे, मिस वेष्ट स्पिच विनिता विश्वकर्मा मिस विेष्ट स्माल रेस्मा विश्कर्मा, मिस पर्सनालिटिमा विपना रिजाल र मिस पक्चुअलिटिमा दीपा सुनार भएका छन् । कार्यक्रममा साङ्गीतिक प्रस्तुती, नृत्यहरु पनि समावेश गरिएको थियो ।