१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेसभित्र कोइरालावाद क्षयरोगीजस्ता

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार ०६:०१

कांग्रेस र कोइराला भनेको एकैजस्तो देखिने स्थितिले पल्टा खाएको छ । कांग्रेसभित्र यति कमजोर बनेका थिएनन् कोइरालाहरु । आज कांग्रेसभित्र व्यक्तिगत टकराव, गुट, उपगुट र अनेकता हावी हुनपुगेको छ । कांग्रेस पार्टीभन्दा पनि सिद्धान्तहीन र लक्ष्यहीन भीड लाग्न थालेको छ ।
हुन त भवानीपुरको भीडबाटै जन्मेको हो नेपाली कांग्रेस । वीपीले एउटा निश्चित सिद्धान्त खडा गरेर चलाए, जीपीले त्यसलाई मटियामेट पारिदिए । सुशीलले के गर्नसक्थे र ? उनको अवसानपछि कांग्रेस सिद्धान्तहीन कम्युनष्टिको पुच्छर पार्टी हो कि भन्ने स्थितिमा पुगेको छ ।
नेपाली कांग्रेसको स्थाप¬नाकालदेखिको कोइराला बंशका हालीमुहाली सुशील कोइरालाको निधनसगै समाप्त भएको हो त ? यो प्रश्न यतिखेर विश्लेषण हुन थालेको छ ।
यद्यपि राजनीतिमा छन्– वीपी पुत्र सशांक कोइराला, गिरिजापुत्री सुजाता कोइराला र नोनापुत्र शेखर । नेपाली कांग्रेस हाक्न सक्ने हाइट यी तिनै नेतामा विकास भइसकेको छैन । सुशील कोइराला सशांकलाई अघि बढाउने सुरुमा थिए, आफै बितेर गए । महाधिवेशनमा सशांक कोइरालाले महासचिवमा बिजयी भएका छन् । पहिलोपल्ट शेरबहादुर देउवा सभापति बनेका छन् । देउवाले कोइराला परिवारबाट कसैलाई नेतृत्व तहसम्म पुग्न देलान् भनेर विश्वास गर्न सकिदैन ।
तथापि सुजाता बिस्तारै सुस्ताउदै र छायामा पर्दै गएकी छिन् । सुजाताले कांग्रेसभित्र कोइरालावादको बिरासत धान्न सक्ने देखिदैन । शेखर कोइराला आफ्ना सहयोगी भए पनि अहिले नै किनारामा पारिसकेको देखिन्छ । रह्यो सशांक कोइरालाको सवाल । सशांक बढी पियक्कड भएकाले केही समय अघि झण्डै बितेनन् । अहिले उनको स्वास्थ्य त ठिक छ तर कांग्रेसमा कोइरालावादको बिरासत हा“क्ने हैसियतयुक्त राजनीतिक स्वास्थ्य विकास भइसकेको देखिदैन ।
के त्यसो भए कांग्रेसभित्र कोइरालावाद समाप्त भएकै हो त ?
यो यथार्थ मान्न अझै कांग्रेसभित्रका वीपीवादीहरुको अहं तैयार देखिदैन । वीपीवादको विरासत बिलिन भइसकेको छ । र, सशांक, शेखर र सुजाता यी तीन स बीच कुनै तालमेल छैन । आपसमा तनाव छ, इर्षा र द्वेष छ । यहीकारण पनि कांग्रेसभित्र कोइरालावाद क्षयरोगीजस्तो कमजोर बनेर गएको छ । कांग्रेसभित्र कोइरालावादको नेतृत्व अन्यत्रै चिप्लिदै छ । तीन स लाई चेत छैन ।
वीपीको बिरासत लिन वीपीको सिद्धान्त बोक्नुपर्छ । सुजातामा बालहठ बाकी नै छ, शेखर घाटघाटका पानी पिउने आदतले मजबुर छन् । अलिकति गुणहरु सशांकमा छन् । सशांकले बेला बेलामा वीपीका सिद्धान्त बोल्छन् तर व्यवहारमा उतार्न सकेका छैनन् । कुशल नेतृत्व दिन पार्टी र व्यक्ति स्वार्थ र अनुकूल कुरा मात्र बोल्ने बानी त्याग्न नसक्नु सशांकका कमजोरी हुन् ।
नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउन कम्युनिष्ट र विदेशीको दबाब मान्नु कांग्रेसको ठूलो गल्ती हो । जुन देशमा ९५ प्रतिशत ऊकार धर्म मान्ने बस्छन्, त्यस्तो देश कसरी मुसाइ र इसाइकरणको दबदबामा चल्न सक्छ ? यति सामान्य ज्ञान पनि नराख्ने कांग्रेसको तत्कालीन नेतृत्वले जातजातिवीच द्वन्द्वको बिजोरोपण गर्ने कम्युनिष्ट रणनीतिमा ल्याप्चे ठोक्नु पनि गलत निर्णय थियो । तर, ती नेताहरु बितिसके । नयापुस्ता आएको छ । यो पुस्तामा तीन स छन् । सशांक नेतृत्वका लागि बढी सम्भाबित व्यक्तित्व हुन् । कोइरालावादीहरुले सशांकको हात बलिाये पार्ने हो भने वीपीवाद ब्यूझिन सक्छ ।
डा. विनिता