१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीलाई एक साता आरामको आवश्यकता

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७५, शनिबार ०९:०३

काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी ओलीलाई अझै एक साता आराम गर्न सुझाव दिएका छन् । शुक्रबार साँझ अस्पतालवाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई थप केही दिन आरामको जरुरी रहेको उनको उपचारमा सग्लन चिकित्सकले बताएका हुन् । थप संक्रमणवाट बच्न र औषधिको मात्रा पूरा गर्नका लागि आरामको जरुरी रहेको उपचारमा सग्लन चिकित्सकको भनाई छ ।

चिकित्सकले ओलीलाई एकसातासम्म बालुवाटार नछाडन र भेटघाट पनि कम गर्न सुझाब दिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओली अघिल्लो शुक्रबारदेखि विरामी भएका थिए ।

स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको थियो । उनी पाँच दिनको उपचारपछि शुक्रबार साँझ बालुवाटार फर्केका हुन् ।