११ बैशाख २०८१, मंगलवार
Follow Us

हातेमालो साहित्य संगमको शाब्दिक समारम्भमा सरस्वती र विमल

sarusaru
१८ कार्तिक २०७५, आईतवार ०२:४१

सरु पौडेल ,काठमाण्डौ – हातेमालो साहित्य संगमको मासिक रचना वाचनको श्रृङ्खला ‘शाब्दिक समारम्भ’ शनिबार सम्पन्न भएको छ । समारम्भमा अतिथि कवि सरस्वती श्रेष्ठ ‘सरु’ र विशेष मुक्तक वाचनमा हातेमालो साहित्य संगमका सदस्य विमल झाले रचना प्रस्तुत गरेका थिए । तीन चरणमा विभाजन कार्यक्रममा करिब ५० जना श्रष्टाहरुले आफ्नो तर्फबाट उत्कृष्ट रचना वाचन पनि गरेका थिए । संगमकी कोषाध्यक्ष विमला दाहालले सञ्चालन गरेको कार्यक्रम वियोगी बुढाथोकीको प्रमुख आतिथ्य र संगमका अध्यक्ष सुनिल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।