१५ चैत्र २०८०, बिहीबार
Follow Us

मुख्यमन्त्री पौडेलको अमेरिकी गुप्तचर संस्थासित साँठगाँठ : केशव स्थापित

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७५, मंगलवार १२:४३

काठमाडौं । बर्खास्तीमा परेका प्रदेश नम्बर–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको अमेरिकी गुप्तचर संस्था सीआइएसित साँठगाँठ रहेको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सीआइएको लगानी रहेको एसिया फाउन्डेसनको लगानीमा मुख्यमन्त्री पौडेलले प्रदेशको अवधारणापत्र बनाएको आरोपसमेत लगाए । प्रदेश मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलले आफूलाई हप्काएपछि आफूले पनि चर्को स्वर निकालेको उनले दाबी गरे ।

आफूलाई पदबाट हटाएको विषयमा तिहारपछि प्रतिवाद गर्ने उनको भनाइ थियो । पौडेललाई मुख्यमन्त्री बनाउँदा पार्टीभित्र ३४ र २४ को समूह बनेको भएपनि अब त्यो समीकरण भत्किएको स्थापितको भनाइ थियो ।