१२ बैशाख २०८१, बुधबार
Follow Us

दिनेशको गोलमा पुलिस उपाधि नजिक

sarusaru
२८ कार्तिक २०७५, बुधबार ०१:३५

काठमाडौं । विभागीय टिम पुलिस राईनो संरक्षण गोल्डकप फुटलबको फाईनलमा प्रवेश गरेको छ । मोफसलको क्लब विरगञ्ज युथलाई १–० गोल अन्तरले पराजित गदैै पुलिसले फाईनल यात्रा तय गरेको हो ।

नवलपरासीमा भएको प्रतियोगिताको पहिलो सेमिफाईनलमा पुलिसलाई जिताउन दिनेश राजबंशीले गोल गरे । दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै उनले पुलिसलाई फाईनल यात्रा तय गराए ।

पुलिसले अब काठमाडौंको च्यासल युथ क्लब र हिमालय शेर्पा क्लबबीचको विजेतासग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलको खेल भोली हुनेछ ।

प्रतियोगितामा ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

त्यस्तै फाइनल पुग्ने २ टिमले पनि १-१ लाख पाउने आयोजकले जनाएको छ ।
डिसी नेपाल