१२ बैशाख २०८१, बुधबार
Follow Us

पूर्वराजा शाह र कांग्रेस नेता सिंहबीचको भेटले राजनीतिकमा नयाँ तरंग

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७५, बुधबार ०८:२०

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच गत सोमबार भएको भेटघाटले नेपालको राजनीतिक बृत्त तातेको छ । यो तस्बिर पूर्वराजाले शाहले आफ्नो फेसबुक पेजमा अपलोड गरेपछि भाइरल बन्यो । होटल सोल्टीमा भएको कार्यक्रमको क्रममा पूर्व राजा शाह र नेता सिंहबीच भेट भएको थियो । आ–आफ्नै आन्तरिक र पारिवारिक कामको सिलसिलामा होटल पुगेका दुबै जनाबीच केहीबेर कुराकानी पनि भएको थियो ।

कांग्रेसका निर्वा्चित महामन्त्री शशांक कोइराला, रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाश मान सिंह, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, डा. रामशरण महतहरुको राजनीतिक छलफल भएकै दिन कात्तिक २६ गते पूर्व राजा शाह र प्रकाशमान सिंहबीच भेटघाट भएपछि राजनीतिक बृत्त तातेको हो ।

कांग्रेस महामन्त्री शंशाक कोइरालाले पनि यसअघि नै हिन्दु राष्ट्र माग गरेका थिए भने अर्कोतर्फ राजतन्त्रवादी पूर्व पंचहरु पनि एकीकृत हुनका लागि हतार गर्दैछन् ।