१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु

नेपालब्रिटेन संवाददाता
२९ कार्तिक २०७५, बिहीबार ०६:१७

काठमाडौं । आप्रवासी श्रमिकको हकहितको पक्षमा साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु भएको छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता छ । कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आबद्ध छन् ।

बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध लगायतका विषयमा छलफल हुने बताइएको छ । राजधानीको सोल्टी होटलमा जारी आजको बैठकमा सचिवलगायतका उच्च पदस्थ अधिकारीहरु सहभागी छन् । बैठकको दोस्रो दिन भोलि मन्त्रीस्तरीय बैठक हुने बताइएको छ ।