१३ बैशाख २०८१, बिहीबार
Follow Us

लाइसेन्सको आवेदन मंसिर ७ गतेबाट अनलाइन फाराम खुल्ने

नेपालब्रिटेन संवाददाता
२९ कार्तिक २०७५, बिहीबार ०८:३९

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन नपाएर तनावमा हुनुहुन्छ भने अब त्यो तनावलाई छोड्दिनुस् । यातायात व्यवस्था विभागले दशैंअघिबाट बन्द गरेको लाइसेन्सको आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको छ ।

यातयात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालका अनुसार मंसिर ७ बाट अनलाइन फाराम खुल्ला गरिने भएको छ । विहान १० बजेबाट नै अनलाइन फाराम खुल्ने पनि उनले जानकारी दिए । उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो र्भयाङ, चावहिल सुकेधारा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत अनलाइन आवेदन भर्न सकिने उनले बताए ।

अनलाइन आवेदन विभागको वेबसाइटमा गएर अप्लाइ गर्न सकिन्छ । बाइक, स्कुटर र कार र जीपका लागि आवेदन दिन सकिने छ । यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ ।

परम्परागत कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स अनिवार्य गरिएको भए पनि वर्ष दिन कुर्नुपर्ने बाध्यता भने हट्न सकेको छैन । करिब छ लाखले ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाउन सकेका छैनन् ।