१२ बैशाख २०८१, बुधबार
Follow Us

अस्पतालमा गोली चल्दा चारजनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७५, मंगलवार ०६:१४

न्यूयोर्क । अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा गोली चल्दा चारजनाको मृत्यु भएको छ । मारिनेमा शिकागोस्थित मर्सी अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी र बन्दुकधारी छन । मृत्यु हुने दुई महिला मध्ये एकजना डाक्टर तथा अर्की एक पारामेडिकल असिस्टेन्ट रहेका छन् ।

गोली हानाहानको क्रममा बन्दुकधारी मारिएको शिकागो प्रहरीले जनाएको छ । तर बन्दुकधारीले आफैले आफूलाई गोली हानेको हो वा होइन भन्ने खुलेको छैन । गोली लागेर एक प्रहरी घाइते भएका छन् । प्रहरीले बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको जनाएको छ ।

नेपाली समय अनुसार आज विहान बिहान पौने तीन बजेशिकागोको मर्सी अस्पतालमा सो घटना भएको हो । बन्दुकधारीले आफुसँग प्रेम सवन्ध रहेकी महिलालाई लक्षित गरि गोली चलाएपछि उक्त घटना भएको बताइएको छ ।

उनले गोली चलाउनुको कारण भने खुलेको छैन । घटनापछि अस्पताललाई खाली गराइएको थियो । अमेरिकाका स्वास्थ्य कार्यकर्ताले बन्दुक आक्रमण विरुद्ध अनलाइन अभियान सुरु गरेकै केही दिनमा अस्पतालमा आक्रमण भएको हो ।