६ बैशाख २०८१, बिहीबार
Follow Us

राजेन्द्र महतो राजपा अध्यक्षमन्डल संयोजक

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७५, मंगलवार १३:४२

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्षमन्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महतोलाई दिएको छ । राजपा राजनीतिक समितिको मंगलबार राजधानीमा बसेको बैठकले पार्टी नेतृत्व चक्रिय प्रणालीअनुसार गर्ने पार्टीको विधानबमोजिम अध्यक्षमन्डलको संयोजकको जिम्मेवारी महतोलाई दिएको राजपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टी गठनदेखि हालसम्म अध्यक्षमन्डलको संयोजनको जिम्मेवारी बहन गरेकामा महन्थ ठाकुरलाई धन्यवादसमेत दिएको छ । मधेसकेन्द्रित ६ ओटा पार्टी मिलेर २०७४ वैशाख ७ गते राजपा गठन भएको थियो । बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको र त्यसयता भएका सबै मनोनयन रद्द गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।