६ बैशाख २०८१, बिहीबार
Follow Us

विस्तृत शान्ति सम्झौताको १२ वर्ष: ६३ हजार उजुरी

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७५, बुधबार ०४:३६

काठमाडौं । दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्व अन्त्यका लागि तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज बाह्रवर्ष पूरा भएको छ । सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २०६३ मंसिर ५ गते अर्थात आजकै दिन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

शान्ति सम्झौताको बाह्र बर्ष पूरा भएपनि सो अनुसारका काम भने अझै हुन सकेका छैनन् । सम्झौताको आठ वर्षपछि २०७१ माघ २८ गते बेपत्ता पारिएका व्यक्ति खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भएपनि दुबै आयोगले आफ्नो काम पुरा गर्न सकेका छैनन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेका ६३ हजार भन्दा धैरै उजुरी मध्ये हालसम्म १७ हजार उजुरीको मात्रै छानविन सकिएको छ । यता, बेपत्ता छानविन आयोगले पनि ३ हजार १ सय ९७ उजुरी मध्ये २ हजार ५ सय १२ वटाको मात्रै छानविन गरिरहेको छ । ३ बर्षे कार्यकाल गुजारेर सरकाबाट थप एक बर्षे समय पाएका दुबै आयोग दोश्रो कार्यकालको दुई महिना मात्र बाँकी रहँदा कानुन र सरकारको साथ नपाएको गुनासो गरिरहेका छन् ।

सत्यनिरुपण र मेलमिलापका लागि गठित आयोगले प्रभावकारी काम गर्न नसक्दा ६५ हजार पीडितअझै न्यायको पर्खाइमा छन् ।यस अवधीमा लडाकु समायोजन र संबिधान निर्माणजस्ता महत्वपुर्ण काम भने पूरा भएका छन् ।