१२ बैशाख २०८१, बुधबार
Follow Us

बसले ठक्कर दिँदा एकजनाको मृत्यु

sarusaru
५ मंसिर २०७५, बुधबार १०:४५

टीकापुर : कैलालीको बर्दगोरिया गाउँपालिका १ बौनिया चौकमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ६३५५ न को बसले ठक्कर दिँदा पैदल यात्रीको घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने पैदल यात्री कैलालीको भजनी नगरपालिका ६ महादेउलीका आशाराम चौधरी रहेको इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिए ।

पैदल यात्रीलाई बसले पछाडिबाट ठक्कर दिएको हुन सक्ने शाहीले बताए । बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको छ।
अन्नपूर्ण पोष्ट