१५ चैत्र २०८०, बिहीबार
Follow Us

व्यवसाय गर्नका लागि निर्धारित समय पालना गर्न उच्च अदालत पाटनको आदेश

sarusaru
६ मंसिर २०७५, बिहीबार ०२:१४

काठमाडौँ । उच्च अदालत पाटनले टिपर व्यवसायीलाई पेशा व्यवसाय गर्नका लागि सरकारले निर्धारण गरेको समय पालना गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले आज टिपर व्यवसायीले पेशा व्यवसाय गर्दा निश्चित मापदण्डको पालना गर्नुपर्ने हुँदा सरकारले निर्धारण गरेको समयको पालना गर्नुपर्ने आदेश जारी गरेको हो।

आदेशमा व्यवसायीलाई सम्पत्ति कमाउने संवैधानिक हकको पनि संरक्षण हुने र नागरिकको पनि जीउधनको सुरक्षा हुने हुनाले तोकेको समय बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म टिपर नचलाउने भनिएको छ।

जुनसुकै समयमा पनि टिपर चलाउन पाउनुपर्ने माग गर्दै टिपर व्यवसायी सङ्घ दोलखाले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो ।

सरकारले टिपरका कारण धेरै नागरिकको ज्यान गएपछि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र चलाउनका लागि समय निर्धारण गरेको थियो।

अदालतले सरकारले व्यवसायीका लागि आचारसंहिता बनाएर समय निर्धारण गर्नसक्ने भएकाले लिखित जवाफ माग्नुपर्ने कारण नदेखिएको उल्लेख गर्र्र्दै रिट खारेज गरेको छ।
डिसी नेपाल