१२ बैशाख २०८१, बुधबार
Follow Us

बञ्चरोले हानी आमाको हत्या

sarusaru
६ मंसिर २०७५, बिहीबार ०२:१८

बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा एक बृद्धा आमाको आफ्नै छोराले हत्या गरेका छन् । जैमिनी नगरपालिका–१० राङ्खानीका ६० बर्षिय कर्णबहादुर श्रीषले आफ्नी आमा ९० बर्षिया हरिकला श्रीषको हत्या गरेका हुन् । बुधबार साँझ घरेलु हतियार पञ्चारोले हानेर हरिकलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले बिहिबार बिहान प्रहरी चौकी कुश्मीशेरामा आत्मसमर्पण गरेपछि हत्याको रहस्य खुलेको थियो । श्रीषले साँझ खाना खाने समयमा बृद्ध आमा र छोराको भनाभन भएको र सामान्य धक्का लाग्दा आमा पल्टेपछि बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा बताएको प्रहरी नायव उपरिक्षक बालरणसिंह राणाले जानकारी दिए ।
मृतक हरिकला श्रीसको शव पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पताल ल्याईंदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । श्रीषले बुधबार राती खाना खाने समयमा आमाको हत्या गरी कोठा बन्द गरेर हिँडेका थिए । रातभरि हिँडेर कुश्मीशेरा आईपुगेका श्रीषले आमाको हत्या गरेको स्वीकार गर्दै प्रहरी समक्ष आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
श्रीष सम्पर्कमा आएपछि घटनास्थल पुगेको प्रहरीले हत्यामा प्रयोग भएको बन्चरो बरामद गरेको र थप अनुसन्धान भैरहेको जनाएको छ । श्रीषलाई बिहिबारनै जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई थप अनुसन्धान भैरहेको राणाले जानकारी दिए । श्रीषका श्रीमती पहिलेनै छोडेर हिँडेको र एकमात्रै छोरीको बिबाहपछि आमाको साथमा बस्दै आएका थिए ।