१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेनीमा १७ अौं जेसीज कप फुटबल सुरु

sarusaru
११ मंसिर २०७५, मंगलवार ०६:२०

बेनी : म्याग्दी जेसीजद्धारा आयोजित १७ औं अन्तर मावि हुवावे मोबाइल जेसीज कप फुटबल प्रतियोगिता-२०१८ को मंगलबारदेखि बेनीमा सुरु भएको छ। १६ विद्यालय सहभागी पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता न्यु वेष्ट पोइन्ट आवासीय माविले महेन्द्ररत्न मावि बरंजालाई शून्यका विरुद्ध ९ गोल गर्दै बिजय सुरुवात गरेको छ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गरेको प्रतियोगिताको बिजेता र उपबिजेताले जेसीजकप, ट्रफि, मेडल, प्रमाण-पत्रको साथमा नगद ४० र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

अनुशासित टीमलाई पाँच हजार ५००, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार ५०० रुपैयाँ नगद, मेडल र प्रमाण-पत्र प्रदान गरिने भएको म्याग्दी जेसीजका प्रवत्ता सुजन बरुवालले बताए।

म्याग्दी जेसीजको आयोजनामा १७ वर्षयता हरेक वर्ष जेसीजकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ।
अन्नपूर्ण पोष्ट