६ बैशाख २०८१, बिहीबार
Follow Us

आज स्वरसम्राट नारायण गोपालको २८ औं स्मृति दिवस

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७५, बुधबार ०५:३५

काठमाडौं । स्वरसम्राट नारायण गोपालको २८ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका नारायण गोपालको आजैका दिन अर्थात् २०४७ साल मंसीर १९ गते ५१ वर्षकै उमेरमा निधन भएको थियो ।

संगीतका हरेक विधाका गीतमा दिएको अद्भूत स्वरका कारण नारायण गोपाल नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक सफल गायक सावित भएका छन् । विक्रम संवत १९९६ असोज १८ गते काठमाडौंमा जन्मिएका नारायण गोपालले २० वर्षे उमेरदेखि सुरु गरेको औपचारिक गायन यात्रा सुरु गरेका थिए ।

स्वर्गकी ‘रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो जोवन जान लाग्यो’, ‘प्रियसीका यादहरु’, ‘एउटा मान्छेको मायाले’, ‘म त लाली गुराँस भएछु’, ‘तिम्रो जस्तो मुटु मेरा पनि’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’, ‘मेरो आँखालाई राख्ने’जस्ता सयौ कालजयी गीत गाएका छन् । नारायण गोपालले दुई हजार ३६ सालमा साँस्कृतिक संस्थानको महाप्रबन्धकको जिम्मेवारी समेत निभाएका थिए ।