८ बैशाख २०८१, शनिबार
Follow Us

राप्रपा : प्रदेश सम्मेलनको तयारी पूरा

sarusaru
२३ मंसिर २०७५, आईतवार ०२:४५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हेटौँडामा हुने प्रदेश नं ३ स्तरीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर २४ गतेदेखि हुने सो सम्मेलनमा हिन्दूत्वको विषयलाई मुख्यरुपमा उठाइने बताइएको छ ।

राप्रपा प्रदेश नं. ३ समितिका उपाध्यक्ष एवं मूल कार्यक्रम आयोजक समितिका संयोजक मधु अधिकारीले भेलामा प्रदेश नं ३ का ३४० जना नेताकार्यकर्ता सहभागी हुने जानकारी दिए । सम्मेलनमा १३ जिल्लाका अध्यक्ष, प्रदेश नं ३ बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने ७४ केन्द्रीय सदस्य, जिल्ला सचिव, क्षेत्रीय अध्यक्ष, महानगर, उपमहानगर एवं गाउँपालिकाका अध्यक्षलगायत ३४० जनाको सहभागिता रहने उनले बताए
लोकान्तर