१३ बैशाख २०८१, बिहीबार
Follow Us

चीनले केरुङ-काठमाडौं रेलमार्ग अध्ययन प्रतिवेदनमा के छ ?

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७५, सोमबार ०५:४२

काठमाडौं । चीनले केरुङ-काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन आज सरकारलाई बुझाउने भएको छ । प्रतिवेदन बुझाउन नेशनल रेल्वे अथोरिटी चाइनाका उपप्रशासक आन लुसुङको नेतृत्वको १५ सदस्सीय उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आइतबार नै काठमाडौं आईसकेको छ ।

प्रतिनिधिमण्डलले सरकारलाई अध्ययन प्रतिवेदन बुझाउनुका साथै रेलमार्ग निर्माणबारे विस्तृत छलफल गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । आगामी दिनमा उक्त परियोजनालाई के कसरी अगाडि बढाउनेबारे पनि छलफल हुने बताईएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ प्रतिनिधिमण्डलबीच आजै छलफल पनि हुँदैछ ।

बैठकमा रेलमार्गको विस्तृत् परियोजना प्रतिवेदन निर्माण, मोडेल लगयातका विषयमा बृहत् छलफल हुने कार्यक्रम छ । रसुवागढीदेखि काठमाडौंसम्म करिब एक सय किलोमिटर लामो हुने नेपाल चीन जोड्ने प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने बताइएको छ ।