August 7, 2022
10:56 PM | 3:41 AM
ताजा खबर

खुल्यो ५५ झ्याले दरबार

  19/12/2018 मा प्रकाशित

भक्तपुर । ऐतिहासिक पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुल्ला गरिएको छ । भूकम्पपछि बन्द भएको दरबार भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई अवलोकन गर्न आजबाट खुल्ला गरेको हो।

उक्त दरबार साताको प्रत्येक मङ्गलबार र शुक्रबार सर्वसाधारणका लागि खुल्ला गरिने छ । दरबारभित्र प्रवेश गर्न सर्वसाधारणलाई प्रतिव्यक्ति रु २० र विद्यार्थी सहुलियत शुल्क रु १० को टिकट लिएर अवलोकन गर्न पाइनेछ।

नगरपालिका र पुरातत्व विभागको विवादका कारण विगत २५ वर्ष बन्द भई सन् २०१२ सेप्टेम्बर ५ मा खुल्ला भएको यो दरबार भूकम्पपछि पुनः बन्द भएको थियो।
डिसी नेपाल

प्रतिक्रिया