४ बैशाख २०८१, मंगलवार
Follow Us

सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
५ पुष २०७५, बिहीबार ०८:०५

काठमाडौं । काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पिडित संर्घष समितिले गैर न्यायिक रुपमा सडक विस्तार गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सरकारले सडक विस्तारका नाममा बल प्रयोग गरी घरवारविहीन बनाएको भन्दै समितिले काठमाडौंको माइतीघरमा प्रर्दशन गरेको हो ।

सरकारले सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगरेको तथा ऐतिहासिक सम्पदा अतिक्रमण गरेको भन्दै प्रदर्शनकारीले नाराबाजी समेत गरेका थिए ।

संघर्ष समितिलेविकासको बहानामा उपत्यकाका आदिवासी जनजातिको पहिचान मेटाउन नहुने उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशलाई तत्काल कार्यान्ययन गर्न सरकारसँग माग गरे ।

सयौँ वर्ष देखि बस्दै आएको ठाउँलाई सरकारी मापदण्डका नाममा राज्यले आफ्नो खोसेको पिडितहरुले आरोप लगाएका छन् । उनिहरुले सहरीकरणको नाममा सरकारले नागरिकको अधिकार खोस्न नहुने बताएका छन् ।