१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वराजा शाह र राप्रपा अध्यक्ष थापाबीच पोखरामा भेट

नेपालब्रिटेन संवाददाता
६ पुष २०७५, शुक्रबार ०७:४४

पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । निजी भ्रमणका क्रममा पोखरामा रहेका पूर्व राजासँग अध्यक्ष थापाले पोखरास्थित एक होटलमा शुक्रबार विहान भेट गरेका हुन् । भेटपछि ट्विट गर्दै थापाले मुलुकको बिग्रदो अवस्थाप्रति पूर्वराजा शाहले गम्भिर चिन्ता ब्यक्त गरेको उल्लेख गरेका छन् ।

पार्टी प्रशिक्षणका क्रममा पोखरा पुगेका थापाले पूर्वराजासँग भेट गरेका हुन । निजी भ्रमणका क्रममा पूर्वराजा शाह गत सोमबारदेखि पोखरामा छन् । पोखरामा रहदा शाहले पर्यटकीय स्थलको अवलोकन र विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ । पोखरा रहदा पूर्वराजा शाहले सुबेच्छुकहरुसँग पनि भेट गरेका छन् ।