August 7, 2022
11:26 PM | 4:11 AM
ताजा खबर

नेपाल आइडल विजेता रवी ओडकी सौतेनी आमाको करेन्ट लागेर मृत्यु

  26/12/2018 मा प्रकाशित

काठमाडौं । नेपाल आइडल सिजन-२ का विजेता रवी ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । विष्णा रवीको सौतेनी आमा हुन् । रवीले आफूलाई जन्म दिने आमालाई यसअघि नै गुमाएका थिए, विष्णासँग चाहिँ उनका पिताले दोस्रो विहे गरेका हुन् ।

प्रतिक्रिया