१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरीलाई घुस दिने दुई जना नागढुंगाबाट पक्राउ

sarusaru
१८ पुष २०७५, बुधबार ०२:३१

नागढुंगाको चेक प्वाइन्टमा प्रहरीलाई घुस दिँदादिँदै दुई व्यक्ति पक्राउ परेका छन्।

चन्द्रागिरि नगरपालिका – २ स्थित नागढुंगाको चेक प्वाइन्टमा सवारीसाधन चेक जाँच गर्ने क्रममा बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ९४६९ नम्बरको यात्रुबाहक बसको सहचालक राम बहादुर सुवेदी र क्रिकेटसम्बन्धी सामग्री ल्याउने अर्घाखाँची सन्धिखर्क घर भएका जगत बहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

ड्युटीमा खटिएका प्रहरी टोलीले कागजातहरू माग्दा नदेखाई प्रहरी नायब निरीक्षक विश्वनाथ त्रिपाठीलाई १५ सय घुस दिन खोज्दा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए।

महानगरीय प्रहरी वृत्त अन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगामा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले चेक जाँच गर्दै गर्दा सामानको कागज पत्र माग्दा उक्त सवारीका सहचालकलाई १५ सय घुस दिन लगाउने जगत बहादुर क्षेत्री र सहचालक राम बहादुर सुवेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान पश्चात आवश्यक कारबाही अगाडि बढाइने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
सेतोपाटी