७ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ‘ब्रान्ड एम्बासडर’

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७५, बुधबार १३:००

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल श्रृङखला खतिवडालाई ब्रान्ड एम्बासडर बनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने मूल उद्देश्यका साथ खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरिएको घोषणा गरेको हो ।

बैंकिङ सेवालाई अझै प्रभावकारी बनाउन र नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्न मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनु भयो । बैंकले मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडर नियुक्त गरेसँगै बैंकलाई स्मार्ट बैंकको रुपमा विकास गराउने कार्यमा सहजता आउने विश्वास पनि व्यक्त गरेको छ ।

किरणकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कार्यक्रममा बोल्दै मिस नेपाल खतिवडाले मुलुककै ठूलो पूँजी परिचालन गर्न सक्ने बैंकको ‘ब्रान्ड एम्बासडर’ हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको प्रतिक्रिया दिनु भयो । उहाँले मिस नेपालबाट लाभ लिने काममा बैंकलाई सफलता मिलोस् भनि शुभकामना पनि व्यक्त गर्नुभयो ।

५३ वर्ष अघि स्थापना भएको सो बैंकको देशभर २ सय १० वटा शाखा कार्यालय रहेका छन । निक्षेप संकलन र कर्जा लगानीमा अन्य बाणिज्य बैकहरुभन्दा अगाडि रहेको राष्ट्रिय वाणिज्य बैंकले हालसम्म १ अरव १२ करोड खुद मुनाफा आर्जन गर्न पनि सफल भएको छ ।

  • सीता पोखरेल