१३ बैशाख २०८१, बिहीबार
Follow Us

हाँस्य कलाकार दीपक सुटिङको क्रममा घाइते ;;सुटिंग रोकियो

sarusaru
२४ पुष २०७५, मंगलवार ०२:०८

काठमाण्डौ – राजु मास्टर तथा बल्छी ध्रुवे निर्देशित हाँस्य टेलिसिरियल मेरी बास्सैका कलाकार दीपक शर्मा घाइते भएका छन् । आज बेलुका ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सैको भाग ५८४ को सुटिङको लागि गएका दीपक सुटिङ गर्दागर्दै लडेर आइतबार दिउँसो घाइते भएको निर्देशक द्वयले जानकारी दिए ।
आफ्नो सिन सुटिङ गर्ने बेलामा माथिबाट झर्ने क्रममा खुट्टा फर्केर दायाँ खुट्टामा चोट लागेको दीपक शर्माले बताए । घाइते भएपछि केही बेर सुटिङ स्थगित गरिएको थियो । उनलाई प्राथमिक उपचार गरी सुटिङ सम्पन्न गरेपछि व्यवस्थापन पक्षले अस्पताल पुर्याएको थियो । अहिले भने उनको अवस्था सामान्य रहेको व्यवस्थापक लेखान्त भूषाल (घिरौँले) ले जानकारी दिए । उनको शिघ्र स्वास्थ्य लाभको कामना ।