१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बहिनी बलात्कारका आरोपी कारागार चलान

sarusaru
२५ पुष २०७५, बुधबार ०३:१५

ताप्लेजुङ : आफ्नै १० वर्षीया बहिनीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेका एक व्यक्ति पुर्पक्षका लागि कारगार चलान भएका छन् । मंसिर २६ गते पक्राउ परेका १९ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले थुनामा राख्न आदेश थिएको प्रहरीले जनाएको छ ।

फुङलिङ नगरपालिका–१ का ती युवकले घरमा कोही नभएको मौका पारी बहिनीलाई बलात्कार गर्ने गरेको र अन्तिम पटक गत मंसिर १८ गते जबरजस्ती गरेका थिए । दिदीले प्रहरी कार्यालयमा उजुरी दिएपछि कारवाही अघि बढाएको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण पोष्ट