१५ चैत्र २०८०, बिहीबार
Follow Us

जापानका विदेशमन्त्री नेपालमा : के–के विषयमा समझदारी बन्दैछ ?

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७५, बुधबार ०४:४१

काठमाडौं । नेपाल र जापानबिच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आएपछि दुई देशबिच हवाई सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच आज अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि सम्झौता हुने जनाइएको छ ।

त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धनका लागि द्विपक्षीय परामर्श संयन्त्र निर्माण समेत गरिनेछ । परामर्श संयन्त्र निर्माण सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर तथा आदानप्रदान हुनेछ । मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणबाट नेपालमा जापानी लगानी तथा पर्यटन प्रवर्द्धन हुनुका साथै जापानको श्रम बजारमा धेरै नेपाली श्रमिक पठाउन फलदायी हुने, आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ ।