७ बैशाख २०८१, शुक्रबार
Follow Us

माग पूरा नभए डा. केसीले आज ४ बजेपछि इलाममा सत्याग्रह थाल्ने

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७५, बुधबार ०४:४३

इलाम । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले १६ औं पटक सत्याग्रह गर्ने घोषणा गरेका छन् । सरकारसँग सम्झौता भएको माग पूरा नभए आज अपराह्न ४ बजेपछि डा. केसी इलाममा सत्याग्रह थाल्ने उनका सहयोगीले बताएका छन् । सत्याग्रहका लागि डाक्टर केसी दोस्रो पटक इलाम पुगेका हुन् । गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो ।

तर, विधेयक लामो समयसम्म संशोधन नभएपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा डाक्टर केसी छन् । सरकारसँग भएको सम्झौता अनुसार पूर्वमा पाँचथर अथवा इलाममा र सुदूरपश्चिममा डडेलधुरा र डोटी कुनै एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्झौता भएको थियो । यसअघि पुस १५ गते इलाम पुगेका केसीले सात दिनको ‘अल्टिमेटम’ दिएर अनसन स्थगित गरेका थिए ।