६ बैशाख २०८१, बिहीबार
Follow Us

आगोमा जलेर एकै परिवारका तीन जनाको मृत्यु

sarusaru
२५ पुष २०७५, बुधबार ०५:३७

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिका ९ अंगाउपानीस्थित भुगेचौरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । घरमा सुती रहेको अवस्थामा गएराती आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३५ वर्षीया अम्बा बोहोरा उनका ९ वर्षीय छोरा सुरेश बोहोरा र ७ वर्षीय छोरा रमित बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सञ्चार कक्षका प्रहरी जवान योगेश चन्दले लोकान्तरलाई बताए ।

तीन जनाको शव जलेको अवस्थामा घरमा भेटिएको प्रहरीले जनाएको छ । जस्ताले छाएकाे एकतले घरमा आगाे लागेकाे हाे । आगलागीको कारण खुल्न सकेको छैन ।
लोकान्तर