१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जापानी विदेशमन्त्रीले भनेः कामदार लैजान समस्या छैन

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७५, बिहीबार ०५:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसंग जापानका विदेशमन्त्री तारो कोनोले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल–जापानबीच सिधा हवाई सेवा सञ्चालन गर्ने बिषयमा छलफल भएको छ । जापानी विदेश मन्त्री कोनोले टोकियो र ओशाकामा नेपालसंग सिधा हवाई सेवा सञ्चालनको प्रकृया अगाडि बढेको जानकारी दिएका थिए ।

त्यसैगरी नेपाली कामदार जापान लैजाने बिषयमा पनि प्रधानमन्त्री ओली र जापानी विदेश मन्त्री कोनोबीच छलफल भएको छ । जापानले नेपालको पूर्वाधार र विकासको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बचन दिएको भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । उनले नेपालबाट जापानमा कामदार पठाउने बिषयमा कानुनी अड्नचन नरहेको पनि बताए ।

भेटमा नेपालमा जापानी पर्यटक भित्र्याउने बिषयमा पनि छलफल भएको थियो । विदेशमन्त्री कोनोले दुई देशबीच चाँडै हवाई उडान सुरु गर्न नेपाल सरकारसंग आग्रह गरेका थिए । दुई दिने भ्रमण पुरा गरी विदेशमन्त्री कानो आजै जापान फर्कदै छन् ।