७ बैशाख २०८१, शुक्रबार
Follow Us

समायोजनका लागि निवेदन दिने कर्मचारीको संख्या ५० हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७५, बिहीबार ०६:३१

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहको समायोजनमा जानका लागि अनलाइनमार्फत् निवेदन दिने नेपाल सरकारका कर्मचारीहरूको संख्या ५० हजार नाघेको छ । बुधबार साँझसम्म ५० हजार १ सय ७९ जनाले निवेदन दिएका हुन् । निवेदन दिने मध्ये २५ हजार २ सय ५२ जनाले पोष्टिङ नै रोजिसकेका छन् भने २४ हजार ९ सय ३७ जनाले अनलाइनमार्फत निवेदन दर्ता गराएका छन् ।

सरकारले माघ २ गतेसम्म कर्मचारीहरुले समायोजनमा जानका लागि निवेदन दिनैपर्ने व्यवस्था गरेको छ । सरकारले एक लाख ३८ हजार १ सय ७८ कर्मचारीका लागि दरबन्दी तयार गरी समायोजन हुन कर्मचारीबाट आवेदन आह्वान गरेको हो ।