८ बैशाख २०८१, शनिबार
Follow Us

वार्षिक समीक्षा गर्न गैरआवासीय नेपाली संघको फेस टु फेस बैठक आरम्भ

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७५, शुक्रबार ०४:५७

काठमाडौं । वार्षिक समीक्षा गर्दै भावी रणनीति तय गर्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को फेस टु फेस बैठक सुरु भएको छ । सचिवालय भवनमा आरम्भ भएको बैठकले बाँकी समयमा गर्न सकिने कार्यको टुंगो लगाउनेछ । बैठकका लागि विभिन्न विषयमा एजेन्डा तय गरिएको र सोही अनुसार बैठक सञ्चालन हुने प्रवक्ता भूषण घिमिरेले जानकारी दिए ।

बैठकमा विश्वभरी रहेका एनआरएनका आइसीसी पदाधिकारी, सल्लाहकार, संरक्षक, सदस्य, क्षेत्रीय समितिका पदाधिकारी र विभिन्न समितिका संयोजकहरु सहभागी छन् ।

प्रवक्ता घिमिरेका अनुसार बैठकमा प्रत्यक्ष रुपमा ७० जना भन्दा बढीको सहभागिता छ । फेस टु फेस बैठक भनिए पनि विगतको जस्तै सहभागी हुन नसक्नेलाई अनलाइनमा स्काइवको वन्दोवस्ता गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

बैठक विधानतः एनआरएनको तीन–तीन महिनामा स्काईभमार्फत बस्दै आएको छ । तर आज शुक्रबार बसेको फेस टु फेस बैठकलाई भने अर्थपूर्ण रुपमा लिइएको छ । एनआएनले गत वर्ष धुलिखेलमा फेस टु फेस बैठक आह्रवान गरेको थियो । सो बैठकले एक वर्षको कार्यप्रगति समीक्षा गर्दै आगामी रणनीति तय गरेको थियो ।