१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शंखमूल पार्कमा गैरआवासीय नेपालीहरु

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७५, शनिबार ०५:०१

काठमाडौं । निर्माण सम्पन्न गरेर ‘एनआरएन डे’ मा ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको शंखमूल पार्क सरसफाइमा गैरआवासीय नेपालीहरु शनिबार जुटे । फेस टु फेस बैठकमा सहभागी हुन नेपाल आएका एनआरएनएहरु शंखमूल पार्कको सरसफाइमा जुटेका हुन् ।

सरसफाइमा तीन दर्जनभन्दा बढी एनआरएनए सहभागी रहेको उपाध्यक्ष कूल आचार्यले जानकारी दिए । महिला उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएन सामाजिक उद्यमशीलताका संयोजक लोकराज शर्मा, सचिवालय कार्यकारी निर्देशक हेमन्त दवाडीलगायतको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो ।

पार्क संरक्षण र सरसफाइमा वडाले चासो देखाएकोमा उपाध्यक्ष आचार्यले वडाध्यक्ष राजुबाबु महर्जनलाई धन्यवाद दिए ।  एनआरएनले निर्माण सम्पन्न गरेर पार्क नगरपालिकालाई हस्तान्तरण गरेपछि उक्त स्थानमा दैनिक गीत र चलचित्रको सुटिङ हुने गरेको स्थानीय बताउँछन् ।