७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालसँग चीन १० विकेटले पराजित

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७५, शनिबार ०७:०६

काठमाडौं । थाइल्याण्ड वुमन्स टी-२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई हराउँदै विजयी सुरुवात गरेको छ । थाइल्याण्डमा आजदेखि जारी उक्त प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पुरा गर्‍यो ।

नेपालको जितमा सीता राना मगरले नटआउट २४ रन बनाइन् । सीताले २५ बल खेल्दै ३ चौका प्रहार गरिन् यस्तै काजल श्रेष्ठले नटआउट १४ रन जोडिन् । २९ बल खेलेकी काजलले १ चौका प्रहार गरिन् । त्यसअघि एसिया इन्स्चिट्युट अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाएको थियो ।

नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि चीनका खेलाडीले ५० रनको स्कोर समेत परा गर्न सकेनन् । चीनका खेलाडीलाई खुलरे खेल्नबाट रोक्न नेपाली बलरद्वय नेरी र करुणाले उत्कृष्ट प्रदर्शन गरे ।

नेरीले २ र करुणाले ३ विकेट लिइन् । नेपालका लागि करुणाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन् । यस्तै कसिलो बलिङ गरेकी नेरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन मात्र दिएर २ विकेट लिइन् ।