१५ बैशाख २०८१, शनिबार
Follow Us

सरकारले नै डाक्टर केसीलाई अनसन बस्न बाध्य बनायो : कांग्रेस

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७५, आईतवार १०:२४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले डाक्टर गोविन्द केसीसँग भएको सहमति अनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन माग गरेको छ । आजको प्रतिनिधिसभा बैठकको शुन्य समयमा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले डाक्टर केसीलाई फेरि अनसनमा जानुपर्ने बाध्यता गराएको आरोप लगाए ।

उनले केसीलाई सरकारले अनसनमा जान बाध्यकारी बनाएको बताए । जनताको माग अनुसार नै डाक्टर केसी अनसन बसेको भन्दै सहमति भएका बिषय तोडमोड नगरी सरकारले अविलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । आजैको बैठकमा महिला, बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति जयपुरी घर्तीले प्रतिवेदन पेस गरेकी छन् ।