४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रथम बलेवा महोत्सव फागुनमा हुने

sarusaru
३० पुष २०७५, सोमबार ०४:२०

सरु पौडेल , काठमाण्डौ – बाग्लुङ जिल्लाको बलेवा जिल्लाकै नमूना क्षेत्र मानिन्छ । त्यही नमूना क्षेत्र बलेवामा प्रथम बलेवा महोत्सव हुने भएको छ ।नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानले आयोजना गरेको फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने बलेवा महोत्सवमा एसियाको अग्लो झोलुङ्गे पुल , बलेवा कुश्मा यन्त्रिक पुल , हाल निर्माण हुँदै गरेको बलेवा र कुश्मा जोड्ने बन्जि जम्प , बलेवा भैरवस्थान मन्दिर , नारायणस्थानको मन्दिर , निकै चर्चामा रहेको बलेवा बिमानस्थल , सिटिइभिटिको कृषि क्याम्पस , कृष्णगण्की क्याम्पस , बलेवाकै पुरानो विद्यालय जनता धन मा.वि. ,एकीकृत दृष्टिबिहीन छात्राबास ,पश्चिमाञ्चल क्षेत्रकै नमूना विद्यालय गणेश मा.वि . ,प्राकृतिक रुपले सुन्दर मानिने सुन्दर सल्लाघारी तथा धौलागिरी हिमालको चुचुरो पनि अवलोकन गर्न सकिने कुरा आयोजकले बताएको छ ।
११ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न खेलकुद ,सांस्कृतिक कार्यक्रम , विभिन्न प्रदर्शनीहरुका अलवा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने कुरा पनि आयोजक टिमले जनाएको छ ।