१५ चैत्र २०८०, बिहीबार
Follow Us

५ महिनामा १४ सय पर्यटकले हिमाल आरोहण

sarusaru
१ माघ २०७५, मंगलवार ०२:५९

काठमाडौं। नेपालका हिमाल संसारकै लागि आकर्षणको केन्द्र हुन्। नेपालका हिमाललाई विदेशीले ‘हीरा’को संज्ञा दिने गरेका छन्।
नेपालमा त्यस्ता हिमाल छन् जुन हिमाल विश्वकै सबैभन्दा अग्ला र सुन्दर छन्। विश्वका अग्ला १४ वटा हिमाल मध्ये नेपालकै मात्र ८ वटा हिमाल पर्दछन्।

पर्वतारोहीका लागि नेपालमा ५५ वटा हिमाल खुला गरिएका छन्। विश्वकै चर्चित सगरमाथा, कञ्चनजङ्गा, मनास्लु, लोत्से, अन्नपूर्णलगायतका हिमालहरुमा वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने गरेका छन्।

सरकारले प्रर्वतारोही पर्यटकका लागि हिमाल चढ्न १ सय ७३ वटा रुट प्रमिटहरु जारी गरेको छ। जुन रुटमा सहजता हुन्छ त्यो रुटमा पर्यटकहरुले हिमाल चढ्ने गरेका छन्। संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको पर्यटन विभागले दिएको जानकारी अनुसार मौसम अनुसार हिमाल चढ्ने अनुमति खुला गरिन्छ।

वसन्त ऋतु, सरद ऋतु, जाडो, समरलगायतको सिजनमा प्रर्वतारोहीले फरक फरक रकमको रोयल्टी तिर्नुपर्दछ। पर्यटन विभागकी निर्देशक मिरा आचार्यले भनिन्, ‘नेपालीहरुले पर्वतहरुमा आरोहण गर्दा एजेन्सी मार्फत नै आउँछन्। उनीहरु धेरै पनि हुन्छन्। विदेशी प्रर्वतारोही भने सिधै पर्यटन विभागमा आएर रोयल्टी तिरेर आरोहण गर्न जाने गरेका छन्।’

चालू आर्थिक वर्षमा मात्र १३ सय ९८ जना विदेशी प्रर्वतारोहीले हिमाल आरोहण गरेका छन्। हिमाल जान सामान्य मार्गमा जान बसन्त ऋतुमा ११ हजार रोयल्टी जम्मा गर्नुपर्छ जसको नेपाली रुपैयाँ ७५ हजार हुन्छ। त्यस्तै सरद ऋतुमा ५५ सय लाग्ने गर्छ नेपाली रकम अनुसार त्यसको ३७ हजार ५ सय पर्न जान्छ।

जाडो तथा सम मौसममा जान २ हजार ७ सय ५० लाग्ने गर्दछ। यसको मूल्य पनि नेपाली दर अनुसार १८ हजार २ सय ५० रुपैयाँ हुन आउँछ।
हिमाल चढ्न अन्य रुट अनुसार जाने हो भने पनि बसन्त ऋतुमा १० हजार रोयल्टी जम्मा गर्नुपर्छ, त्यस्तै सरदमा जान ५ हजार र अन्य मौसममा प्रर्वतारोहण गर्नका लागि २५ सय पर्ने गरेका पर्यटन विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ। यसरी नेपालमा आन्तरिक तथा बाह्य पर्यटकलाई सो पक्रियाका आधारमा प्रर्वतारोहण गर्न अनुमति दिएको छ।
डिसी नेपाल