१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फुल व्यापारीले कमाउँछन् दिनमै लाखभन्दा बढी

sarusaru
४ माघ २०७५, शुक्रबार ०६:०१

सरु पौडेल ,काठमाण्डौ – पछिल्लो समयमा फुलको व्यापार निकै फस्टाउँदै गएको छ । कुनै विवाह ब्रतबन्ध तथा अन्य शुभकार्यमा पनि फुलको प्रशस्त प्रयोग गरिन्छ । कसैलाई सम्मान गर्न होस् ,कसैलाई उपहार दिन या मृत्यु हुँदासमेत फुलको प्रयोग गरिन्छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेका फुल पसलहरुमा एक दिनमै एक लाखभन्दा बढीसम्मको व्यापार हुने व्यापारीहरु बताउँछन् । सयपत्री फुल ,बुकी फुल ,दुबो ,मखमली फुललगायत अन्य फुलहरुको मूल्इ दर फरकफरक रहेको व्यापारी बताउँछन् ।
नेपालबृटेनसँग कुरा गर्दै एक व्यापारीले भने – सिजन हेरेर हुन्छ विहेको सिजनमा २ लाखसम्म पनि व्यापार हुने गरेको छ । फुल हेरेर र कत्तिको बाक्लो सजाउने हो त्यो हेरेर गाडी सजाउनको लागि पनि फरक फरक मूल्य हुन्छ ।५ हजारदेखि पैँतिस हजारसम्म गाडी सजाएको मूल्य पर्छ । कहिलेकाहीँ दिनमा १० भन्दा बढी गाडीपनि सजाइन्छ । त्यसैगरी दुवोको माला ८०० सम्म ,बुकी २५० दखि ११०० सम्म ,सयपत्रिी ४०० सम्म र मखमली ३५० सम्म बिक्री गर्ने गरिएको छ । फुलहरु प्राय इन्डियाबाट आयात हुने हँदा पनि महँगो पर्न गएको व्यापारीहरु बताउँछन् ।