१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्रीसँग प्रश्नोत्तर

sarusaru
४ माघ २०७५, शुक्रबार ०६:०९

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। शुक्रबार १२ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तरको कार्यतालिका राखिएको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको सचिवालयले जनाएको छ।
पुस २२ मा प्रधानमन्त्री ओलीले संसदमा सम्वोधन गरिसकेपछि प्रमुख प्रतिपक्ष दलका सांसदले प्रश्न राख्न नपाएपछि संसद अबरुद्ध भएको थियो।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न बैठक सुरु हुनुभन्दा १ घण्टा अगाडि नै प्रश्न टिपाउनुपर्ने छ।

बैठक सुरु हुनुभन्दा १ घण्टाअघि नै प्रश्न टिपाउनुपर्ने छ । सभामुखको अनुमति लिई सांसद्ले आफ्नै ठाउँबाट प्रश्न गर्नुपर्नेछ। एक दिनमा १० जना सांसदले मात्र प्रश्न सोध्न पाउने छन् ।

प्रधानमन्त्रीको सट्टा अरु कुनै मन्त्रीले जवाफ दिन पनि मिल्ने व्यवस्था छ। संविधान वा कुनै प्रचलित कानुनबाट प्रकाशन निषेध गरिएको विषय, चालु अधिवेशनमा छलफल भई स्पष्ट भइसकेको विषय, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रचारका लागि कुनै व्यक्ति वा संस्थाको नाम भएको विषय, गैर सरकारी व्यक्तिको कुनै वक्तव्य सत्य हो वा होइन भन्ने लगायतका केही विषयमा प्रश्न गर्न नपाइने व्यवस्था छ । नियमावलीको नियम ४९ मा ‘प्रश्न गर्न नपाइने विषय’ किटान गरिएको छ।
डिसी नेपाल