१३ बैशाख २०८१, बिहीबार
Follow Us

गायिका कला पंगेनीलाई एपिक म्यूजिक अवार्ड

नेपालब्रिटेन डट कम्
४ माघ २०७५, शुक्रबार १५:३७

‘कला र गलाको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराको साथ सम्पन्न एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा लोक तथा दोहोरी गायिका कला पंगेनीले अवार्ड हात हात पार्न सफल भएकी छन् । गीतकार एवं संचारकर्मी दुर्गा पंगेनीको शब्द सृजना तथा लोकप्रिय गायक पशुपति शर्मा र गायिका कला पंगेनीको आवाजमा रहेको “जोगाउनुछ कालापानी” बोलको गीतले एपिक नेपाल म्यूजिक अवार्ड २०७५ को राष्ट्रिय भाव अन्तर्गतको विधामा अवार्ड हात पार्न सफल भएको छ । उक्त गीतले राष्ट्रिय भाव बोक्नुका साथै बाध्यतावस विदेशिन बाध्य नेपालीहरुको कथा व्यथालाई गीत मार्फत प्रस्तुत गर्न खोजेको छ ।

‘जोगाउनुछ कालापानी’ गीत मार्फत अवार्ड प्राप्त गर्दा अत्यन्त खुशी लागेको छ र यो खुशी मेरो मात्र नभएर सम्पूर्ण टीमकै खुशी भएको बताउंदै सो अवार्ड प्राप्त गर्नको लागि दर्शक तथा स्रोताहरुको पनि ठूलो हात रहेको गायिका कला पंगेनीले बताएकी छन् ।

सर्वाधिक ६६ विधामा पर्न सफल हुनेहरुलाई आज एक समारोहकाबीच अवार्ड वितरण गरिएको छ । ठमेलस्थित छाया सेन्टरमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अथितिको को रुपमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थिती रहेको थियो । कुल ६६ विधामा प्रदान गरिने अवार्डमा नेपाली सुगम सङ्गीतका धरोहर भजन सिरोमणि भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।

यसैगरी समारोहमा विभिन्न संचार संस्थामा लामो समयदेखि क्रियाशील रहेका पत्रकारहरुलाई समेत ”एपिक नेपाल पत्रकारिता सम्मान” बाट सम्मान गरिने छ । जस अन्तर्गत न्युज २४ का रवि लामिछाने, रिपोटर्स क्लबका अधक्ष्य ऋषि धमला, रेडियो काठमाडौं एफएमका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डीसहोम रमाइलो टिभीका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, हिमालयन टाइम्सका गोपीकृष्ण चौलागाईं,संचारकर्मी तथा गीतकार सानु श्रेष्ठ, सुन्दारादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजका कमला जोशी, म्युजिक डायरीका तुलसी गिरी ‘भावुक’, ताजा खबर अनलाईन बाट कृष्णा आचार्य रोशनी, प्रकाश साप्ताहिकका दीपक पाण्डे र मिर्मिरे एफएमका राजु बोहरा, बाल गायिका स्मिता दाहाल सम्मानित भएका छन्